काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार(आज) मुक्तिनाथ मन्दिरमा पूजाअर्चना गरेकी छन् ।
राष्ट्रपतिको कार्यालयका अनुसार मुक्तिनाथको दर्शन भ्रमणका लागि उनी शनिबार काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टरबाट मनाङ पुगेकी हुन् ।
भण्डारी आजै बागलुङको ढोरपाटन शिकार आरक्षको अवलोकन भ्रमणमा पनि जाने राष्ट्रपति कार्यालयले जनाएको छ ।