गठबन्धन दलले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने

न्युजलय २० असोज २०८०, शनिवार ०२:०४ मा प्रकाशित

विराटनगर । गठबन्धन दलले कोशी प्रदेशको मुख्यमन्त्री हिक्मत बहादुर कार्कीलाई विश्वासको मत नदिने भएको छ ।


गठबन्धनमा रहेका दलहरु नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले मुख्यमन्त्री हिक्मत बहादुर कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेका हुन् । 


माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर आङबोले गठबन्धन दलले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने निर्णय गरिसकेको बताए ।


कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् ।