सभापति लामिछानेः ‘आफूमाथि देशभरिको बारेमा सोच्नु पर्ने जिम्मेवारी आयो’

न्युजलय १७ साउन २०८०, बुधबार ०७:२५ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिरवि लामिछानेले निर्वाचनका बेलामा अघि सारेका प्रतिबद्धता पूरा गर्न धेरै काम गर्न बाँकी रहेको बताएका छन् ।

सांसद निर्वाचित भएको सय दिन पूरा भएको अवसरमा बुधबार आफ्नो निर्वाचन क्षेत्र चितवन– २ का मतदाताहरुसँग भेटघाट गर्दै सांसद लामिछानेले आफुमाथि देशैभरिको बारेमा सोच्नु पर्ने जिम्मेवारी आएको बताए ।

बुधबारदेखि सांसद लामिछानेले औपचारिक रुपमा चितवन २ का मतदाताहरुको लागि सचिवालय पनि स्थापना समेत गरेका छन् । सभापति लामिछानेले चितवन २ प्रतिको आफ्नो दायित्वभने नभूल्नेसमेत बताए ।