चिकित्सकको लाइसेन्स परीक्षा असोज १० गते देखि

न्युजलय २६ साउन २०८०, शुक्रबार ०६:३७ मा प्रकाशित

काठमाडौं । नेपाल मेडिकल काउन्सिलको ६७औँ चिकित्सक दर्ता प्रमाणपत्र लाइसेन्स परीक्षा असोज १० देखि १२ गतेसम्म हुने भएको छ ।

सो परीक्षाका लागि काउन्सिलले साउन २९ गतेदेखि अनलाइन आवेदन खुला गर्ने भएको छ । भदौ २६ गतेसम्म नियमित शुल्कमा तथा २७ र २८ गते  बिलम्ब शुल्कसहित आवेदन दिन सकिने काउन्सिलले जनाएको छ ।

परीक्षा पुल्चोक इन्जिनियरिङ कलेजमा कम्प्युटरको माध्यमबााट हुनेछ ।