भारतको तमिलनाडूमा सेनाका वरिष्ठ अधिकारी सवार हेलिकप्टर दुर्घटना

न्युजलय २२ मङ्सिर २०७८, बुधबार ०२:१८ मा प्रकाशित

 काठमाण्डौ । भारतको तमिलनाडूमा भारतीय सेनाको हेलिकप्टर दुर्घटनामा परेको छ । 

समाचार एजेन्सी पिटीआई र एएनआईका अनुसार सेनाको हेलिकप्टर तमिलनाडूको कन्नुरमा दुर्घटना भएको हो । 

समाचार एजेन्सीका अनुसार दुर्घटनामा परेको हेलिकप्टरमा सेनाका वरिष्ठ अधिकारी समेत रहेका थिए । तर ती वरिष्ठ अधिकारी को थिए भन्ने केही खुलाइएको छैन ।