न्याय परिषदद्वारा उच्च अदालतका ८७ न्यायाधीशको सरुवा

न्युजलय १७ चैत २०७८, बिहिबार ०१:३७ मा प्रकाशित

काठमाडौं । न्याय परिषद्ले उच्च अदालतका ८७ न्यायाधीशको सरुवा सिफारिस गरेको छ ।

 

बुधबार बसेको बैठकले न्यायाधीशको सरुवा सिफारिस गरेको हो ।

 

परिषद्ले सैनिक विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत पाटनका न्यायाधीश महेशप्रसाद पुडासैनीलाई तोक्न नेपाल सरकारलाई परामर्श दिने निर्णय समेत गरेको छ ।


श्रम अदालतको अध्यक्षमा उच्च अदालत विराटनगर ओखलढुंगा इजलासका न्यायाधीश वासुदेव आचार्यलाई तोक्न सिफारिस गर्ने निर्णय समेत गरिएको छ ।