मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई मातृशोक

न्युजलय २० भदौ २०७९, सोमबार ०५:२८ मा प्रकाशित

काठमाण्डौ । प्रदेश नम्बर एकका मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई मातृशोक परेको छ । 

राईकी आमाको सोमबार(आज) बिहान विराटनगरस्थित मोरङ सहकारी अस्पतालमा निधन भएको हो ।

भोजपुरको षडानन्द नगरपालिका निवासी राईकी ८४ वर्षीया आमा धनकुमारी राईको स्वास्थ्य समस्या देखिएपछि केही दिनअघि उनलाई हेलिकप्टरबाट उपचारको लागि विराटनगर ल्याइएको थियो ।

राईको पार्थिव शरीर मोरङ सहकारी अस्पतालमा श्रद्धाञ्जलीका लागि राखिने र अन्तिम संस्कारको लागि आजै भोजपुर लगिने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

राई पछिल्लो समय निमोनियाबाट ग्रस्त थिइन् । उनका ३ छोरा र एक छोरी रहेका छन् । मुख्यमन्त्री राई कान्छा छोरा हुन् ।