पाँच वर्षभित्र पूर्वपश्चिम राजमार्ग चार लेनको बनाइने

न्युजलय ११ जेठ २०७९, बुधबार ०३:२७ मा प्रकाशित

काठमाडौं । सरकारले पूर्वपश्चिम राजमार्गलाई आगामी पाँच वर्षभित्र चार लेनको बनाउने भएको छ।

 

राष्ट्रपतिद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा सरकारले एसियन हाइवे मापदण्डमा पूर्वपश्चिम राजमार्गलाई चार लेनको बनाउने उल्लेख गरेको छ।  


यसका लागि बुटवलदेखि नारायणगढसम्म, कमलादेखि कञ्चनपुरसम्म, काँकडभिट्टादेखि पथलैयासम्म, पथलैयादेखि कमला तथा पथलैया नारायणी खण्डलाई स्तरोन्नति गरिने उल्लेख छ।


राष्ट्रिय राजमार्ग जोड्ने तराईका सडकलाई सडकमा कम्तिमा चार लेनको सडक बनाइने उल्लेख छ।


आगामी वर्ष ८ सय किलोमिटर सडक निर्माण गर्ने र २५७ किलोमिटर सडक स्तरोन्नति गरिने उल्लेख छ। आगामी वर्ष तीन सय पुल निर्माण गर्ने योजना छ।


कोशी र कर्णाली करिडोर निर्माणलाई निरन्तरता दिने, हुम्लालाई आगामी वर्षमा राष्ट्रिय सडक सञ्जालसँग जोडिने उल्लेख छ।