काठमाडौं । त्रिभुवन विश्वविद्यालय (टियु) अन्तर्गतका सबै परीक्षाहरु हाललाई स्थगित गरिएको छ।
त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले एक सूचना जारी गर्दै माघ ९ गतेदेखि तोकिएका सबै परीक्षाहरु स्थगित गरेको जनाएको छ।
विश्वव्यापीरुपमा फैलिएको ओमिक्रोन भेरियन्टको तीव्र संक्रमणका कारण उपत्यका र बाहिरका अधिकांश परीक्षा केन्द्रमा परीक्षासँग सम्बन्धित विद्यार्थी, कर्मचारी एवं प्रध्यापकसमेत संक्रमित भएका कारण त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको आज बसेको बैठकबाट हालः त्रिविद्वारा सञ्चालित वार्षिक तथा सेमेस्टर प्रणालीका सम्पूर्ण परीक्षाहरु मिति २०७८ माघ ९ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्का लागि स्थगित गर्ने निर्णय भएको टियुद्वारा जारी विज्ञप्तिमा भनिएको छ।