काठमाडौं । नेपालमा थप ४५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको दुई हजार १६८ पीसीआर परीक्षणमा ३८४ जना र एक हजार ६७० एन्टिजेन परीक्षणमा ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोनाका कारण शुक्रबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।