इटहरी । किसान कल्याण बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक अध्यक्षमा पुन शालिकराम ढकाल चयन भएका छन् ।
इटहरी १६ बालग्राममा मुख्य कार्यालय रहेको संस्थाको २२ औँ बार्षिक साधारणसभाले ढकाललाई पुन अध्यक्षमा अनुमोदन गरेको हो ।
यसैगरी संस्थाको उपाध्यक्षमा नरेन्द्र कुमार श्रेष्ठ, सचिवमा महेशकुमार रेग्मी, उपसचिवमा टेक बहादुर खतिवडा, कोषाध्यक्षमा यादव प्रसाद सिग्देल चयन भएका छन् ।
यसैगरी संस्थाको सदस्यहरुमा प्रेम चन्द्र रौतार, गणेश बहादुर भण्डारी, कृष्ण प्रसाद लम्साल,संगीता कुमारी चौधरी,अन्जु थापा,रमादेवी कोइराला, बिजय खनाल,गिता देवी अधिकारी, अनिता चापागाई सर्वसम्मत चयन भएका छन् ।
यता ३ सदस्यीय लेखा सुपरिवेक्षण समितिको संयोजकमा शशि कुमार उपाध्याय, सदस्यहरुमा खेम नाथ न्यौपाने र कौशल निरौला चयन भएका छन् ।
निर्विरोध चयन भएका सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिका पदाधिकारीलाई संस्थाको सभाहलमा बिहिबार आयोजित एक कार्यक्रमका वीच निर्वाचन उपसमितिका संयोजक अधिवक्ता प्रेम प्रसाद पोखरेलले सपथ ग्रहण गराउँदै निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेका थिए ।