काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले २६ जना वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ ।
सरुवा सूची अनुसार एसएसपीहरु उमेशराज जोशीको महानगरीय ट्राफिक महाशाखाा महानगरीय अपराध महाशाखामा प्रवक्ता रहेका वषन्तबहादुर कुँवर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा गार्ड भीमप्रसाद ढकाल, मानव बेचबिखन अनुसन्धान ब्यूरोमा टेकप्रसाद राई र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय भैरहवामा पुजा सिंहको सरुवा गरिएको छ ।
यस्तै नलप्रसाद उपाध्यायलाई केन्द्रीय अनुसन्धान ब्यूरोको उपप्रमुख बनाइएको छ ।