काठमाडौं । शुक्रबार हुने प्रतिनिधि सभाको उपसभामुखको निर्वाचनका लागि आज मनोनयन दर्ताको कार्यसूची रहेको छ ।
बुधबार सार्वजनिक कार्यसूची अनुसार आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्मका लागि मनोनयनको समय तोकिएको छ ।
मनोनयन पश्चात आजै दिउँसो साढे १ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यसूची रहेको छ ।
मतदान शुक्रबार दिउँसो ३ बजेदेखि शुरू हुनेछ ।
तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि करिब तीन वर्षदेखि यो पद रिक्त रहेको छ ।