काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसदले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै संसद् अवरोध गरेका छन् ।
बिहीबार(आज) प्रतिनिधिसभाको बैठकमा उठेर एमाले सांसदहरूले विरोध गरेका हुन् । अवरोधबीच सभामुख अग्निप्रसाद सापकोटाले संसद्को काम–कारबाही अघि बढाएका छन् । सापकोटाले अर्थमन्त्री शर्मालाई समय दिएका छन् ।
सांसद हृदयेश त्रिपाठीले गम्भीर प्रश्न उठेपछि संसदीय समिति समेत नबनाइकन काम–कारवाही अघि बढाउन नहुने भन्दै संसद्को गरिमा र देशको अर्थतन्त्रसँग जोडिएको विषयलाई हल्का रूपमा नलिन आग्रह गरे ।