काठमाडौं । सरकारले ५ देखि ११ वर्षसम्मका बालबालिकालाई आगामी असार १५ गतेदेखि कोभिड–१९ विरुद्धको खोप दिने भएको छ ।
त्यसका लागि पहिलो चरणमा १५ लाख डोज फाइजर खोप असारको पहिलो साता ल्याइँदै छ ।
खोप लगाउने पहिलो प्राथमिकतामा यसअघि फाइजर खोप लगाइएका २१ जिल्ला राखिएको छ । बाँकी ५६ जिल्लामा क्रमशः खोप कार्यक्रम सञ्चालन गर्दै लगिने स्वास्थ्य सेवा विभागअन्तर्गत खोप शाखाले जनाएको छ ।
यो उमेर समूहका ३४ लाख बालबालिकालाई लगाउन ८४ लाख डोज फाइजर खोप कोभ्याक्स सुविधामार्फत् नेपाल आउन लागेको हो ।