इटहरीमा साँढे गोरुको हिन्दू परम्परा अनुसार दाहसंस्कार

न्युजलय २ असोज २०८०, मङ्गलबार ११:३५ मा प्रकाशित

इटहरी। इटहरीमा साँढे गोरुको हिन्दु परम्परा अनुसार दाहसंस्कार गरिएको छ । 

इटहरी–१२ खनारमा साँढे गोरु मरेपछि मलामी सहित पुगेकहरुले बुढी खोलामा खाल्टो खनेर साँढे गोरुको दाहसंस्कार गरिएको हो ।

केही समय अगाडि खनारमा दुर्घटनामा घाइते भएका गोरुको मरेको थियो । एक महिना अघि दुहबीका किसानलाल अग्रवालको पिक अप भ्यानले ठक्कर दिएर साँढे गोरु  घाइते भएको थियो  ।

घाइते भएको साँढे गोरुका उपचारमा लाग्ने सबै खर्च गाडी धनी अग्रवालले नै व्यहोर्दै आएका थिए । घाइते साँढेको खनारका स्थानीय बासिन्दा र जनप्रतिनिधिले मिलेर साढेको रेखदेख गर्दै आएका थिए ।

गाडिको ठक्करवाट कम्मर भाँचिएको साढेको उपचारमा इटहरी उपमहानगरपालिकाको पशु चिकित्सक खटिएका थिए । उपचारकै क्रममा साढेको मरेको हो  ।