२०७९ बैशाख ०९ गते शुक्रबारको राशिफल

न्युजलय ९ बैशाख २०७९, शुक्रबार ०६:४५ मा प्रकाशित

मेष । आज शुभकार्यको चर्चा चल्नेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । प्रेमीको सहयोग पाइनेछ । विश्वास गरेकाले साथ दिनेछन् ।

 

वृष । आज मन खिन्न हुने स्थिति आउनेछ । मानसिक दबाब र तनाव बढेको महसुस हुनेछ । दाम्पत्य जीवनमा मतभेद सिर्जना हुनसक्छ ।

 

मिथुन । आज आफन्त र साथीबाट सहयोग मिल्नेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । दिनको उत्तरार्धमा स्वास्थ्य बिग्रन सक्छ ।

 

कर्कट । आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । पेशा र व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।

 

सिंह । आज आफन्त वा इष्टमित्रसँग पुनर्मिलनको योग रहेको छ । आज सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

 

कन्या । विवेक, बुद्धि र समुचित अनुमानका कारण यस पटक सामाजिक सम्मान प्राप्त हुनेछ , तर स्वास्थ्य प्रति सजग रहन आवश्यक छ ।

 

तुला । आज बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । सामाजिक उपकारको काममा सहभागी भइएला । बौद्धिकताको विकास पनि हुनेछ ।

 

वृश्चिक । आफ्नो इच्छानुसार समय बिताउने अवसर जुर्नेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।

 

धनु । जोशजाँगर र हिम्मत बढ्नेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । सन्तान सुख पनि मिल्ला, तर भ्रमका पछि दौडनु राम्रो होइन ।

 

मकर । आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । टाउको एवं आँखा दुख्ने तथा रुघा लाग्ने जस्ता समस्याले पनि सताउन सक्छ ।

 

कुम्भ । पारिवारिक सुख एवं सहयोग मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । अधुरा कार्य पूरा गर्न आफन्तबाट सहयोग मिल्नेछ ।

 

मीन । आज बन्धुबान्धवबाट सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ, तर पारिवारिक जीवनमा मतभेद सिर्जना हुनसक्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।