कक्षा १२ को परीक्षा आजदेखि सुरु

न्युजलय १६ जेठ २०७९, सोमबार ०१:०७ मा प्रकाशित

काठमाडौ । कक्षा १२ को वार्षिक परीक्षा आजबाट सुरु हुँदैछ । परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी सहभागी हुनेछन् । परीक्षा नियन्त्रण कार्यालयकाअनुसार परीक्षा २५ जेठसम्म हुनेछ । 

बोर्डले कक्षा १२ को प्रश्नपत्र हरेक परीक्षा केन्द्रमा अनलाइन माध्यमबाट नै पठाउने तयारी गरेको छ । राष्ट्रिय परीक्षा बोर्डका प्रादेशिक कार्यालयले जिल्ला परीक्षा समन्वय समितिसँग समन्वय गरेर काम गरिरहेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।