भारतीय सुरक्षाकर्मीले चलाएको गोली लागेर दुई नेपाली युवाको मृत्यु

न्युजलय १३ असार २०८०, बुधबार ०६:४४ मा प्रकाशित

काठमाडौं। नेपाल भारत सीमा क्षेत्रममा भारतीय सुरक्षाकर्मीको गोली लागेर दुई नेपालीको मृत्यु भएको खबर आएको छ।

सर्लाहीका दुई युवाको मृत्यु भएको र अन्य चार जना गम्भीर घाइते भएका खबर आएको भएपनि नेपाली सुरक्षा अधिकारीहरुले अझै पुष्टि गरका छैनन्। सर्लाही प्रहरी स्रोतका अनुसार भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट सर्लाहीको लालबन्दी नगरपालिका २ पुनर्बासका दुई युवाको मृत्यु भएको हो।

गोली लागि मारिने युवा लालबन्दी २ पुनर्वासका राजेश पासवान र रुमाले पासवान छन्। घाइते चार जनाको नाम खुलेको छैन। घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी पुगिसकेको छ। के कारणले भारतीय प्रहरीले गोली चलाएको भन्नेबारेमा केही बताएको छैन।