२४ घण्टामा १५२ जनामा कोरोना सङ्क्रमण पुष्टि, दुईको मृत्यु

न्युजलय २४ भदौ २०७९, शुक्रबार १०:२७ मा प्रकाशित

 काठमाडौं । पछिल्लो २४ घण्टामा थप १५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल तीन हजार २९४ जनाको कोरोना परीक्षण गर्दा १५२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

एक हजार १६८ जनाको पीसीआर परीक्षण गर्दा ११० र दुई हजार १०८ जनाको एन्टिजेन परीक्षण गर्दा ४२ जनामा कोरोना सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३३ जना सङ्क्रमणमुक्त भएका छन् भने दुई जनाको मृत्यु भएको छ ।