काठमाडौं । नेपालमा पहिलो पटक मंकिपक्स भाइरस संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले शुक्रबार विज्ञप्ति जारी गरी मंकिपक्स भाइरस (एमपक्स) सङ्क्रमण देखिएको जानकारी दिएका हुन्।
‘एक ६० वर्षीय विदेशी महिलामा एमपक्ससँग मिल्दोजुल्दो लक्षण देखिएपछि काठमाडौंको अस्पतालमा परीक्षण भइरहेको थियो’, विज्ञप्तिमा भनिएको छ ।
मंकिपक्सको बारेमा थप खोज अनुसन्धान तथा उपचार जारी रहेको जनाइएको छ। मंकिपक्स हाल १११ देशमा फैलिसकेको छ ।
यो मंकिपक्स भाइरसबाट हुने एक किसिमको सरुवा रोग हो। यो एमपक्स रोग मानिसबाट मानिसमा वा जनावारबाट मानिसमा सर्छ ।