कांग्रेसको महामन्त्रीमा गगन र विश्वप्रकाश विजयी

न्युजलय ३० मङ्सिर २०७८, बिहिबार १०:०५ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् ।

बिहीबार(आज) आएको अन्तिम मत परिणाम अनुसार थापा ३ हजार २३ र शर्मा १ हजार ९ सय ८४ मतसहित विजयी भएका हुन् ।

विजयी भएका थापा र शर्मा छुट्टाछुट्टै प्यालनबाट लडेका थिए । थापा डा.शेखर कोइराला समूहबाट महामन्त्रीको उम्मदेवार भएका थिए भने शर्मा प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीको उम्मेदवार भएका हुन् । 

दुवै नेताहरु विद्यार्थी राजनीतिबाट आएका हुन् ।