काठमाडौं । हेटौंडा–कुलेखानी मार्गअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिकास्थित जुरिखेतमा मिनि बस दुर्घटना हुँदा बिहीबार सात जनाको मृत्यु भएको छ ।
काठमाडौंबाट हेटौंडा जाँदै गरेको बा ३ ख ७८५८ नम्बरको बस जुरिखेतको एघार घुम्तीको ओरालोमा मोड्ने क्रममा ब्रेक नलागेपछि बस तल खसेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
यस्तै, काठमाडौंबाट रुकुमकोटतर्फ गइरहेको ग १ ख ९१०९ नम्बरको बस रुकुमको भूमे गाउँपालिका–३ क्याङसीबगरमा आजै दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।
तीन जनाको घट्नास्थलमा र दुई जनाको जिल्ला अस्पताल रुकुमकोटमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए। मृतकको पहिचान खुल्न सकेको छैन।
उक्त दुर्घटनामा परि १२ जना घाइते भएका छन्। उनीहरूमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ।