भारतमा फेरि बढ्यो कोरोना, संक्रमितको संख्या ४ करोड नाघ्यो

न्युजलय १२ माघ २०७८, बुधबार १०:०२ मा प्रकाशित

काठमाडौं । भारतमा फेरि नयाँ कोरोना संक्रमितको संख्या बढेको छ । चार दिन संक्रमितको संख्यामा लगातार गिरावट आइरहेको समयमा पछिल्लो २४ घण्टामा भने भारतमा संक्रमित बढेका हुन् । 


भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा त्यहाँ २ लाख ८३ हजार ४९९ जनामा कोरोना पुष्टि भएको हो । सोमबार भारतमा २ लाख ५५ हजार संक्रमित थपिएका थिए ।


त्यस्तै, पछिल्लो २४ घण्टामा भारतमा २ लाख ९८ हजार जना कोरोनामुक्त हुँदा ६५९ जनाले भने ज्यान गुमाएका छन् । हाल भारतमा सक्रिय संक्रमितको संख्या २२ लाख १५ हजार रहेको छ । त्यहाँ कुल संक्रमितको संख्या ४ करोड नाघिसकेको छ । जसमध्ये हालसम्म ३ करोड ७३ लाखभन्दा बढी व्यक्ति संक्रमणमुक्त भएका छन् ।