विषालु च्याउ खाँदा बझाङमा दाजुबहिनीको मृत्यु

न्युजलय १५ भदौ २०८०, शुक्रबार १०:०६ मा प्रकाशित

बझाङ । बझाङमा विषालु च्याउ खाँदा दाजुबहिनीको मृत्यु भएको छ । 

जयपृथ्वी नगरपालिका–६ नौरामा जङ्गली विषालु च्याउ खाँदा ७ वर्षीय एन्जिला कठायत र १२ वर्षीय सुदीप कठायतको मृत्यृ भएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ । 

च्याउ खाएर गम्भीर बिरामी भएकी एन्जीलाको बुधबार र सुदीपको बिहिबार डडेल्धुरा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरमा ५ जना रहेपनि एक छोरी र बुवा अन्यत्र भएका कारण उनले च्याउ खाएका थिएनन् । च्याउ खाएकामध्ये २ जनाको मृत्यु भइसकेको र आमाको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।