शंकर खत्री इटहरी । धरानस्थित वीपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आन्दोलन सुरु भएको ९ औँ महिना पुग्दा सरकारले स्वास्थ्य मन्त्रालयका कर्मचारी डा. श्यामसुन्दर यादवलाई प्रतिष्ठानको प्रमुखको जिमेवारी दिएर पठाएको छ ।
उनले प्रतिष्ठानको प्रमुखको जिमेवारी सम्हालेको ३ दिन पुगेको छ । प्रमुखको जिम्मेवारी सम्हालेका यादवले प्रतिष्ठानमा देखिएको समस्या समाधानका लागि आफूले सकेसम्म प्रयास गर्ने बताएका छन् ।
उनले समस्याको जड केलाएर समाधानका लागि मन्त्रालय र सरकारलाई ध्यानाकर्षण गराउने बताएका छन् । ‘अहिले म यहाँ समस्या के हो भनेर बुझिरहेको छु’, प्रमुख यादवले भने, ‘समस्याका विषयमा शुद्धिकरणका डाक्टर साब१ हरुसँग पनि कुरा गरेँ । ४०÷५० डाक्टरहरुले समस्या राख्नुभएको छ । तर त्यो समस्याको जड कहाँसम्म गएको छ त्यो बुझ्नु पर्ने अवस्था छ । यस्तै अन्य विभागका डाक्टरहरुसँग पनि मैले छलफल गरेको छु । उहाँहरुले कुरा राख्नु भएको छ त्यो मैले टिपेर राखेको छु ।’
अगाडि उनले भने, ‘यो समस्याहरुलाई समाधान नै त मेरोबाट हुँदैन । तर म यो प्रतिष्ठान र सरकारविचको सामन्वय गरेर, पुलको रुपमा काम गर्छु ।’ आफूले यहाँका समस्याका विषयमा प्रतिष्ठानसँग जोडिएका सबै निकायसँग छलफल गर्ने उनले बताए ।
छलफलबाट उठेका विषयलाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने विषयमा पनि आफूले योजना बनाएर सरकारलाई बुझाउने उनले बताए छन् । ‘यहाँको समस्या कम गर्न पहिला यहाँको समस्या पहिचान गर्ने हो’, उनले भने, ‘मैले धेरैजनालाई लिखितै समस्याका विषयमा जानकारी दिनुस् भनेको छु । त्यसपछि हामी समस्या समाधानका उपाय खोज्छौँ ।
समस्या समाधान गरेरै छोड्छु भनेर प्रतिवद्धता व्यक्त गरेर म यहाँ आएको हुँ ।’ उनले आफ्नो बसाई छोड्याउने योजना रहेको बताएका छन् । चाँडै यहाँको समस्याका विषयमा जानकारी लिएर सरकारलाई बुझाउने र समानाको उपाय खोज्न आफूले सकेसम्म प्रयास गर्ने उनले बताएका छन् ।