काठमाडौं । इलामको सुकिलुम्बा विमानस्थलमा परीक्षण उडान गरिएको छ । नेपाल एयरलाइन्सको ट्वीनअटर विमानबाट बुधबार(आज) परीक्षण उडान भएको हो ।
नेपाल एयरलाइन्सका अपरेसन विभागका अनुसार जहाज बिहान १० बजे विमानस्थलमा सुरक्षित अवतरण गरेको छ ।
काठमाडौंबाट ५५ मिनेटको उडानमा जहाज इलाम पुगेको हो । यो विमानस्थलमा तारा एयरले १२ वटा उडान गर्ने गरी जिम्मेवारी लिइसकेको छ । इलाम नगरपालिकासँगको सहकार्यमा ताराले जहाज उडाउने भएको हो ।