नक्कली भुटानी शरणार्थी प्रकरणः खाणसहित तीन जनाको बयान आज

न्युजलय १९ जेठ २०८०, शुक्रबार ०५:४९ मा प्रकाशित

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा शुक्रबार(आज) पूर्व गृहमन्त्री बालकृष्ण खाणसहित तीन जनाको बयान सुरु भएको छ ।

काठमाडौं जिल्ला अदालतमा खाणसहित भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र ललितपुर निवासी हरिभक्त महर्जनको बयान सुरु भएको हो ।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा तीनै जनाले बयान दिन सुरु गरेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले ३० जनालाई प्रतिवादी बनाएकोमा १८ जना पक्राउ परेका छन् । 

पक्राउ परेकामध्ये खाण, रिजाल र महर्जनसँगमात्र बयान लिन बाँकी छ । अन्य १५ प्रतिवादीसँग बयान लिइसकिएको छ ।