सुनिल शर्मामाथि प्रतिशोध साँधियोः चन्द्र भण्डारी

न्युजलय २६ साउन २०८०, शुक्रबार ०८:३७ मा प्रकाशित

काठमाडौं । कांग्रेस सांसद चन्द्र भण्डारीले सांसद सुनिल शर्मालाई प्रतिशोध साँधेर पक्राउ गरिएको बताएका छन् ।

भण्डारीले धेरै विकृति भएको देशमा नचाहिने विषयमा राज्यले प्रतिशोध साँध्न नहुने बताएका हुन् । 

कांग्रेसको संसदीय दलको बैठकले शर्मा पक्राउबारे पार्टी धारणा सार्वजनिक गर्ने तयारी गरेको छ । सांसद शर्मा शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोपमा बिहीवार पक्राउ परेका हुन् ।