२०७८ साल मङ्सिर १३ गते सोमबार

सुनसरी क्षेत्र नं. ३ मा काँग्रेस कार्यकर्ता आन्दोलित, जिल्ला अधिवेशनपछि निर्वाचन गर्न माग

शंकर खत्री ९ मङ्सिर २०७८, बिहिबार ०१:३० मा प्रकाशित

इटहरी । सुनसरी क्षेत्र नम्बर ३ मा नेपाली काँग्रसको क्षेत्रिय महाधिवेशन अन्योलमा पर्दा उमेदवारका आकांक्षि तथा कार्यकर्ता आन्दोलित बनेका छन् ।

काँग्रेसले गत ६ गते क्षेत्रीय प्रतिनिधिको लागि मनोनयन दर्ता र ७ गतेलाई निर्वाचनको मिति तोकेको थियो । सोहि अनुरुप सुनसरीको क्षेत्र नम्बर १, २ र ४ मा निर्वाचन भयो र प्रतिनिधि चयन पनि भइसकेका छन् । काँग्रेस उपसभापति विजयकुमार गच्छादारको निर्वाचन क्षेत्रसमेत रहेको यो क्षेत्रमा भने अहिले सम्म निर्वाचन हुन सकेको छैन ।

७ गते दिउँसो ३ बजेसम्म सरेको उमेदवारी दर्ताको समय हिजो टुङ्गीयो तर निर्वाचन भने हुन सकेको छैन् । जसले गर्दा यहाँ विभिन्न पदमा उमेदवारी दर्ता गरेका नेता तथा कार्यकर्ता आन्दोलित बनेका छन् । 

‘तीन दिनदेखि हामी यहाँ छौँ । किन चुनाव भइरहेको छैन हामीलाई थाहा नै छैन’, सोहि क्षेत्रको सभापति पदका उमेदवार सत्यनारायण गच्छादारले भने, ‘कसको निर्देशनमा निर्वाचन मिति सर्दै छ रु थाहा छैन । यो किन भइरहेको छ हामीलाई जानकारी हुनुपर्यो । निर्वाचन अधिकृतले हामीलाई जानकारी दिनुपर्यो । यतिका दिनदेखि हामी अन्यौलमा छौँ ।’

आज विहान ९ बजेदेखि निर्वाचनको समयवी तोके पनि निर्वाचन अहिलेसम्म भएको छैन । मतदान स्थलमा मतपेटीका तथा अन्य आवश्यक सामग्रीको व्यवस्थापन भए पनि निर्वाचन हुन नसेको हो । निर्वाचन नभएपछि कार्यक्रताहरुले आक्रोसित हुँदै ‘निर्वाचन अधिकृत राजिनामा दे’ को नारा लगाउँदै आन्दोलित बनेका हुन् ।

‘हामी आज आन्दोलन गर्न बाध्य भएका छौँ’, सोहि क्षेत्रबाट महाधिवेशन प्रतिनिधि पदमा उमेदवारी दिएका डिल्लीराम दाहालले भने, ‘किन भने यहाँ ६ गते नोमिनेसन गर्ने सेड्युल थियो त्यसपछि ७ गने निर्वाचन हुने थियो । ७ गते निर्वाचन नभएपछि ८ गते ९हिजो० निर्वाचन हुन्ट छ भनियो हामी सबै आयौँ ।एक्कासी मतदान अधिकृतले निर्वाचन स्थगित गर्नुभयो । आज विहान ९ बजे निर्वाचन गर्ने भन्नुभयो हामी आयौँ । तर अहिलेसम्म निर्वाचन भएकै छैन । त्यसैले हामी आन्दोलन गर्न बाध्य भएका हौँ ।’

उनले अगाडि थपे, ‘जिल्लाको निर्वाचन भोलि हुँदै छ । हामीले जिल्ला नेतृत्वलाई पनि ध्यान दिनुपर्छ । आज यतिवेलासम्म यहाँ निर्वाच नभएपछि यसलाई स्थगित गर्नुस् । हामील जिल्लाको नेतृत्व टुङग्याउँछौँ अनि यहाँको निर्वाचन गरौँ भनेर भन्दा आजसम्म उहाँ बोल्नु भएको छैन । यो उहाँलाई अस्तिदेखि कसले रोक्न लगायो उहाँले प्रष्ट हाीलाई जवाफ दिनुपर्छ । हामी यो निर्वाचन आज हुन दिँदैनौँ ।’

कतिपय कार्यकर्ताले विजयकुमार गच्छादारको निर्देशनमा निर्वाचन रोकिएको आरोप लगाएका छन् । अन्य क्षेत्रमा निर्वाचन हुँदा आफूले सहमतिमा नै प्रतिनिधि चयन गर्ने भन्दै गच्छादाले मनोनयन पक्रिया नै रोकेका थिए । सोहि कारण पनि आफूले चाहेको प्रतिनिधिले हार्ने सम्भावना देखेकाले निर्वाचन गराउन नदिएको उनिहरुको आरोप छ । 

यहाँका निर्वाचन अधिकृत देव नारायण यादव पनि उनिबाट प्रायोति भएर निर्वाचन नगराउने पक्षमा लागेको आरोप उनिहरुको छ । तर निर्वाचन अधिकृत यादवले भने आफू कसैबाट प्रयोग नभएको स्पष्ट पार्दै उनिहरुको भनाइको खण्डन गरेका छन् ।

निर्वाचन रोकिनुमा उमेदवार नै कारक बनेको उनि बताउँछन् । उनले अब उमेदवारहरु सबैले सहमति गरेमा उनिहरुले भने बमोजिम नै निर्वाचन गराउन आफू तयार रहेको बताएका छन् । ‘त्यसमा कुनै सत्यता (कार्यकर्ताले लगाउको आरोपमा) छैन’, निर्वाचन अधिकृत देव नारायण यादवले भने, ‘कुनै पनि ठाउँबाट मलाई रोक्न आदेश आएकै छैन । यो उमेदवारकै कारण रोकिएको हो । कुनै विजयकुमार गच्छादार वा अरु कसैको कारणले रोकिएको होइन ।’ उनले सहमति गरेर आउन र आजै निर्वाचन गर्न अनुरोध गरेका छन् ।

यता अन्य क्षेत्रबाट निर्वाचित प्रतिनिधिहरु जिल्ला अधिवेशनको लागि तयारीमा लागेका छन् । क्षेत्र नम्बर ३ को निर्वाचन अब मंसिर १२ गते गर्न उमेदवारले माग गरेका छन् । निर्वाचन अधिकृतले आजै निर्वाचन गर्ने भने पनि उमेदवारहरुले भने धाँधली हुने भन्दै चुनावमा सहभागि नहुने बताएका छन्