यस्तो छ आजको मौसम पूर्वानुमान

न्युजलय ७ असोज २०७९, शुक्रबार ०१:११ मा प्रकाशित

काठमाडौँ । देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहेको छ। हाल प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ।


मौसम पूर्वानुमान महाशाखाले बिहान जारी गरेको नियमित बुलेटिनअनुसार दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका एक(/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

 

राति देशका तराई भू/भागका केही स्थानहरुमा र बाँकी भू(भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।