आफ्ना सांसदले राँगा, भैँसीको विषयमा बहस गरेकोमा रविद्वारा क्षमायाचना

न्युजलय २५ जेठ २०८०, बिहिबार ०८:१७ मा प्रकाशित

 काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा आफ्नो पार्टीका सांसदहरूको केही दिनयताको बहस अमर्यादित भएको भन्दै माफी मागेका छन् । 

बिहीवारको प्रतिनिधि सभा बैठकमा सभापति लामिछानेले विगत केही दिनयता प्रतिनिधि सभामा भएको छलफलबाट आफू लज्जित भएको बताएका हुन् । 

उनले प्रतिनिधि सभा बैठकमा राँगा र भैँसीको विषयमा गफ गरेर पाँच वर्ष बिताएमा गोबरबाहेक केही पनि नपाउने बताए । 

बजेटको विषयमा कुराकानी गरिरहँदा यस्तो विषय बैठकमा उठ्नुले सर्वसाधारणमा राम्रो सन्देश नगएको भन्दै आफ्नो भागमा पर्ने दोषप्रति आफू जिम्मेवार भएको र क्षमायाचना गर्ने सभापति लामिछानेको भनाइ छ ।