झापा–३ बाट राजेन्द्र लिङ्देन सर्वसम्मत सिफारि

न्युजलय २१ भदौ २०७९, मङ्गलबार ०६:४९ मा प्रकाशित

काँकडभिट्टा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) झापाले ४ वटा क्षेत्रमा उम्मेदवारको सिफारिस गरेको छ । 

झापा–३ बाट संघीय सांसद् उम्मेदवारमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन सर्वसम्मत रुपमा सिफारिस भएका छन् । प्रदेश ‘क’ मा नवराज पनेरु र राजकुमार राई तथा ‘ख’ मा रामकुमार राजवंशी र जीवन पनेरुको नाम सिफारिस गरिएको छ ।

राप्रपाले अधिकांश क्षेत्रमा पुरानै अनुहारलाई दोहोऱ्याएको छ । खास गरी स्थानीय तहमा पराजित उम्मेदवारहरूकै नाम पुनः प्रतिनिधि र प्रदेश सभामा सिफारिस भएको छ ।

झापा–१ मा रमेश दहाल र पुष्कर खतिवडाको नाम सिफारिस भएको छ । दाहाल हालै सम्पन्न स्थानीय तह निर्वाचनमा मेचीनगरको प्रमुखका पराजित उम्मेदवार हुन् । 

झापा २ मा भक्ति सिटौला, बसन्त रिमाल र शारदा रिजालको नाम सिफारिस भएको छ । प्रदेश ‘क’ मा शंकर रिजाल, दीपक मास्के र रन्जु प्याकुरेल तथा ‘ख’ मा राजकुमार चौहान र लोकेश भट्टराई सिफारिस भएका छन् ।

झापा ४ मा भने छोरी प्रतिनिधिसभामा र बुबा प्रदेश सभाका लागि सिफारिस भएका छन् । पूर्वमोडेल खुस्बु ओली प्रतिनिधिसभा निर्वाचनका लागि सर्वसम्मत सिफारिस हुँदा उनका बुबा श्याम ओली प्रदेश (ख) मा सर्वसम्मत सिफारिस भएका छन् ।