काठमाडौँ । नेपालमा पछिल्लो केही दिन यता कोरोना भाइरसको संक्रमितको सङ्ख्यामा पुनः बृद्धि हुन थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २०६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
३ हजार १७५ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १७७ तथा एन्टिजेन विधिबाट २९ जनामा गरी सो संख्यामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
थपिएका संक्रमित अधिकांश काठमाडौँका रहेका छन् । त्यस्तै, २४ घण्टामा थप ४५ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ५ पुगेको छ ।