नागढुंगाबाट दुई किलो सुन बरामद

न्युजलय २२ मङ्सिर २०८०, शुक्रबार ०६:२९ मा प्रकाशित

काठमाडौं । काठमाडौंको नागढुंगाबाट प्रहरीले दुई किलो सुन बरामद गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंले नागढुंगबाट दुई किलो सुन बरामद गरेको प्रहरीले जनाएको छ ।

गएराति मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुबईबाट आएको १४ किलो सुन बरामद भएको थियो ।