काठमाडौँ । पशुपतिनाथ मन्दिरमा एक पुजारी नियुक्त भएका छन् ।
पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्ले चार महिनादेखि रिक्त पुजारीको नियुक्ति गर्दै बुधबार(आज) नयाँ पुजारीलाई मन्दिर प्रवेश गराएको परिषदका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिए ।
पशुपतिमा चार मुल पुजारी हुने गर्दछन् । तर, चार महिनादेखि तीन जना मात्र थिए । मन्दिरमा यसअघि कार्यरत एक पुजारीले फागुनमा राजीनामा दिएका थिए ।