काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्दै बिहीबार (आज)पनि राष्ट्रिय सभा बैठक अवरुद्ध गरेको छ ।
प्रधानमन्त्री प्रचण्डले भारतीय व्यवसायी प्रितम सिंहकी छोरीले लेखेको पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै बुधबारदेखि प्रतिनिधिसभा र राष्ट्रियसभाका दुबे बैठक अवरुद्ध गर्दै आइरहेको छ ।
आजको बैठकमा विनियोजन विधेयकमाथि छलफल हुने कार्यसूची थियो । एमाले सांसद भैरवसुन्दर श्रेष्ठले प्रधानमन्त्रीको अभिव्यक्तिले देशको गरिमामा आँच पुर्याएको बताए ।