विराटनगर । लागूऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
मोरङको विराटनगर –१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १ ग्राम ९० मिलिग्राम सहित सुनसरी धरान –६ बस्ने २३ वर्षीय मन कुमार विश्वकर्मालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको जनाउको छ ।