जिल्ला समन्वय समिति सुनसरीको संयोजकमा राजन मेहता

न्युजलय ३१ जेठ २०७९, मङ्गलबार १२:३५ मा प्रकाशित

इटहरी । नेपाली कांग्रेसका राजन मेहता जिल्ला समन्वय समिति सुनसरीको संयोजक भएका छन् । सोमबार भएको निर्वाचनमा नेपाली कांग्रेस इनरुवा नगर सभापति समेत रहेका मेहता विजयी भएका हुन् । जिल्लामा कुल २४ मतदातामध्ये उनले १४ मत प्राप्त गरे । यस्तै, एमालेबाट उम्मेदवार रहेका जगनारायण मेहताले १० मत प्राप्त गरे ।


यस्तै, सह–संयोजकमा कांग्रेसकै कमला खतिवडा निर्वाचित भइन् । मेहता इनरुवा नगरपालिकाका निवर्तमान मेयर समेत हुन् । उनी इनरुवा २ बाट वडासदस्यमा निर्वाचित भएका थिए । यस्तै, खतिवडा इनरुवा १ बाट वडासदस्यमै निर्वाचित भएकी थिइन् ।


निर्वाचनको मतगणना सकिएको १५ दिनभित्र कार्यपालिकाको निर्वाचन गरिसक्नुपर्ने र त्यसपछि जिल्ला समन्वय समितिको निर्वाचन गरिसक्नुपर्ने प्रावधान छ। जिससको संयोजक चुन्नका लागि पालिका प्रमुख–उपप्रमुख, अध्यक्ष–उपाध्यक्षले मत हाल्न पाउने व्यवस्था छ।