काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा चितवन मेडिकल कलेजमा एमबिबिएस पढ्दै गरेका एक विद्यार्थी पक्राउ परेका छन्।
सप्तरीको राजविराज–७ का विद्यार्थीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले बिहीबार राति चितवनबाट पक्राउ गरेको हो।
उनी चितवन मेडिकल कलेजमा एमबिबिएसको अन्तिम सेमेष्टरमा पढ्दै थिए। आइएससी पास भएको प्रमाणपत्र नक्कली बनाएको आरोपमा उनलाई पक्राउ गरिएको हो।
उनले एमबीबीएस अध्ययनका लागि काठमाडौंको सेन्ट जेभियर्स कलेजबाट आइएससी पास भएको प्रमाणपत्र पेस गरेका थिए।