सुन तस्करी प्रकरणः होटल भियनाका सञ्चालक दावा छिरिङ पक्राउ

न्युजलय १४ साउन २०८०, आइतबार ०६:१७ मा प्रकाशित

 काठमाडौं । गत साउन ३ गते त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बरामद भएको एक क्वीन्टल सुन तस्करी प्रकरणमा थप एकजना पक्राउ परेका छन् ।

ठमेलमा सञ्चालित होटल भियनामा राजस्व अनुसन्धान विभागको टोलीले छापा मारेको छ। उक्त प्रकरणमा कनेक्शन देखिएपछि राजश्व अनुसन्धान विभागले ठमेलस्थित होटल भियनामा छापा मारेर उक्त होटलको सञ्चालक दावा छिरिङलाई पक्राउ गरेको हो ।

त्यस होटललाई प्रयोग गरेर सुन तस्करी गर्ने गिरोहले काठमाडौंमा काम गरिरहेको सूचना पाएपछि विभागले छापा मारेको हो।