घट्यो सुनको मूल्य

न्युजलय १० बैशाख २०८१, सोमबार ११:३२ मा प्रकाशित

काठमाडौँ । आज सुनको मूल्य तोलामा ११ सय रुपैयाँले घटेर कारोबार भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३८ हजार २०० रुपैयाँ छ । यस्तै तेजाबी सुनको मूल्य तोलामा १ लाख ३७ हजार ५५० रुपैयाँ छ । 

आज चाँदीको मूल्य समेत घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेको छ । यससँगै आज चाँदीको कारोबार मूल्य तोलामा १७ सय ५ रुपैयाँ कायम छ ।