२०७८ साल माघ ६ गते बिहिबार

सुनसरी क्षेत्र नं. ३ मा नेपाली काँग्रेसको चुनाव आज

न्युजलय १० मङ्सिर २०७८, शुक्रबार ०८:०३ मा प्रकाशित

इटहरी । काँग्रेस नेता विजयकुमार गच्छदारको ‘सहमती प्रयास’ का कारण रोकिएको सुनसरी क्षेत्र नं. ३ को पार्टी अधिवेशनअन्तर्गतको चुनाव शुक्रबार हुने भएको छ । 

विहीबार मतदान हुने तय गरिएकोमा मतदान अवरुद्ध भएकोमा शुक्रबार १० बजेदेखि मतदान हुने मतदान अधिकृतले जानकारी दिएका छन् । मतदान गर्नुअघि मुचुल्का गर्न र अन्य कार्यको लागि उम्मेदवार वा प्रतिनिधिहरु अनुपस्थित भएकोले विहीबारको मतदान रोकिएको निर्वाचन अधिकृत देवनारायण यादवको हस्ताक्षरमा जारी सुचनामा जनाइएको छ । 

नेपाली कााग्रेसले सुनसरीका बाँकी क्षेत्रमा क्षेत्रीय अधिवेशन गरिसक्दा क्षेत्र नं. ३ मा भने हुन सकेको थिएन । विजयकुमार गच्छदारले सहमतीका नाममा चुनाव हुन नदिएको नेता, कार्यकर्ताहरुको आरोप छ ।