काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकलाई ठूलो राजनीतिक विषय बनाउन खोजेको आरोप लगाएका छन्।
शुक्रवार पोखरा पुगेका उनले राष्ट्रपतिसँग नागरिकता विधेयक प्रमाणीकरण गर्नुबाहेकको विकल्प नरहेको बताएका हुन्।
नेकपाको सरकारहुँदा केपी शर्मा ओलीले ल्याएको प्रस्तावसहितको विधेयक ल्याएको भन्दै उनले विधेयक प्रमाणीकरण नगरे राष्ट्रपतिले राजीनामा दिने अवस्था सिर्जना हुने चेतावनी दिए।
दाहालले सत्तारुढ गठबन्धनमा सहमति अनुसार नै आगामी निर्वाचनका लागि सिट बाँडफाँट हुने बताए। उनले आज बस्ने बैठकले सिट बाँडफाँटको टुंगो लगाउने दाबीसमेत गरे।