महोत्तरी । खोप लगाउनका लागि पैसा मागेपछि महोत्तरीका हेल्थ असिस्टेन्ट अजय कुमार साह र अर्का एक जना कृष्ण कुमार यादवविरुद्ध मुद्धा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
साहले निःशुल्क रुपमा पाउनुपर्ने कोभिड विरुद्धको ुजोनसन एन्ड जोनसनु खोप लगाउन २० हजार घुस मागेको अख्तियारले जनाएको छ ।
आयोगका साहयक प्रवत्ता वेद प्रसाद भण्डारीका अनुसार आरोपित साहलाई २० हजार बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ बमोजिम सजाय माग गरेको छ भने यादवले घुस अजय कुमार साहको निमित्त लिएको तथ्यको आधारमा सजाय र बिगो २० हजारको मागदावी गरिएको छ ।