काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा टिकटकमाथिको प्रतिबन्ध खुलाउने संकेत दिएका छन् ।
आइतबार प्रतिनिधि सभा बैठकमा सांसदको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो संकेत दिएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जालको प्रयोग नियमन सम्बन्धी विधेयकको मस्यौदा तयार भई संसदमा पेश गर्न लागिएको समेत जानकारी दिए ।