मनसुन सक्रिय हुँदै, भोलिदेखि पानी पर्ने क्रम बढ्ने

न्युजलय २४ असार २०८०, आइतबार ०२:११ मा प्रकाशित

  काठमाण्डौ । आज चार प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ ।

दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा र राति कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन् । अन्य क्षेत्रमा भने हल्कादेखि मध्यम वर्षाको अनुमान छ ।

यस्तै, भोलिदेखि पानी पर्ने क्रम झन् बढ्ने अनुमान गरिएको छ । मनसुन सक्रिय हुने सङ्केत देखिएकाले भोलिदेखि केही दिन देशका धेरै ठाउँमा पानी पर्ने बताइएको छ  । पछिल्लो दुई तीन दिनयता देशका धेरै ठाउँमा पानी कम परेको छ । 

तर, भोलिदेखि भने मनसुन फेरि सक्रिय हुने भएकाले धेरै ठाउँमा मुसलधारे वर्षाको अनुमान गरिएको मौसमविद्ले बताएका छन् ।