बलात्कार आरोपमा हिरासतमा रहेका एमाले सांसद बानियाँ निलम्बित

न्युजलय २२ फाल्गुण २०७८, आइतबार ०९:०४ मा प्रकाशित

काठमाडौं । मुगुका एमाले सांसद मोहन बानियाँ निलम्बित भएका छन् । एक महिलामाथि बलात्कार गरेको कसुरमा प्रहरीको नियन्त्रणमा रहेका बानियाँ निलम्बित भएका हुन् । 

आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सांसद बानियाँ निलम्बित भएको जानकारी गराए । 

जिल्ला प्रहरी कार्यालय बाँकेको पत्रका आधारमा सांसद बानियाँ निलम्बन गरिएको सभामुखले जानकारी गराए । सांसद बानियाँ फागुन १६ देखि प्रहरी नियन्त्रणमा रहेका छन् ।