काठमाडौं । नेकपा एमालेले सरकार मंकीपक्स रोगको बारेमा गम्भीर नभएको भन्दै ध्यानाकर्षण गराएको छ।
प्रतिनिधि सभाको मंगलबार (आज) को बैठकमा एमाले सचिव एवम् सांसद योगेश भट्टराईले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले संसारभर स्वास्थ्य आपत्काल घोषणा गरेपनि नेपालमा रोकथामका लागि कुनै पूर्व तयारी नगरेको भन्दै ध्यानाकर्षण गराएका हुन्।
उनले ब्लूएचओले एलर्ट जारी गरेपनि नेपाल सरकार निद्राको अवस्थामा रहेको आरोप लगाएका छन् ।
भट्टराईले भारतमा संक्रमण देखिएकाले नेपाल पनि जोखिममा पर्ने भएकाले पूर्व तयारी र पूर्व सतर्कता अपनाउनुपर्ने बताए।
डब्लूएचओले मंकीपक्स संसारका सबै क्षेत्रमा फैलिएको जनाएको छ।