भारतमा दुई लाख बढीमा कोरोना संक्रमण

न्युजलय १६ माघ २०७८, आइतबार १२:०३ मा प्रकाशित

काठमाडौँ । भारतमा पछिल्लो २४ घण्टामा २ लाख बढीमा कोभिड संक्रमण भएको छ । २४ घण्टामा ३ लाख ४३ जनामा संक्रमण पुष्टि भएको छ भने ८ सय ९३ जनाको मृत्यु भएको छ । 

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको तथ्याकं अनुसार यस अवधिमा तीन लाख ५२ हजार जना संक्रमणमुक्त भएका छन् । 

भारतमा हालसम्म कोभिडबाट १८ लाख ८४ हजार ९३७ जना संक्रमित भएका छन् ।